इन्फो नेपाल — सञ्चारको सञ्जाल

वडाध्यक्षले कुटे अस्पतालका डाक्टर

काठमाडौं– केही दिन अघि हेटौंडाको एक अस्पतालमा दुई जना डाक्टर कुटिएको घटनाको विवाद सेलाउन नपाउँदै लमजुङमा एक जनप्रतिनिधिले डाक्टर कुटेका छन् । बेसीशहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई कुटपिट गरेको समाचार छ । आइतबार राति मादक पदार्थ सेवन गरी वडाअध्यक्ष बस्नेतले डाक्टर अधिकारीलाई कुटपिट गरेको चिकित्सकहरुले आरोप लगाएका छन् । वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेको अस्पतालका डाक्टर सुदर्शन आचार्यले बताएका छन् । अस्पताल पुगेर वडाध्यक्ष बस्नेतमाथि अश्लील शब्द प्रयोग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसंग भनाभन गरेको आरोप छ । उनले भनाभनकै क्रममा नर्सिङ कक्षमै डाक्टरलाई मोबाइलले झटारो हानेको बताईएको छ । अस्पतालको नर्सिङ कक्षभित्र बसेका डाक्टर, नर्स लगायतका टोलीलाई नर्सिङ कक्षको ढोका फोडेर पुनस् आक्रमणमा उत्रिएको समेत उनीमाथि आरोप छ । उक्त घटनाले अस्पतालमा असुरक्षित वातावरण बनाएको भन्दै तत्काल प्रमुख जिल्ला अधिकारीलाई घटना गराएपछि वडाध्यक्ष बस्नेत आइतबार राति नै अस्पतालबाट प्रहरीले पक्राउ गरिएको बताईएको छ । अस्पतालका चिकित्सकको टोलीले सोमबार बिहान घटनाका विषयमा प्रहरीले लिखित उजुरी दिएका थिए। डाक्टरलाई हातपात गरेपछि आइतबार राति पक्राउ परेका वडाध्यक्ष बस्नेत एमालेबाट निर्वाचित हुन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क