इन्फो नेपाल — सञ्चारको सञ्जाल

वन्यजन्तुको आक्रमणबाट ५ जनाको मृत्यु

मकवानपुर: पछिल्लो ६ महिनामा वन्यजन्तुको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा वन्यजन्तुको आक्रमणका कारण १० जिल्लामा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सोही अवधिमा भएका १२ वटा घटनाबाट मकवानपुर र चितवनका नागरिकहरु बढी प्रभावित बनेका छन् । जङ्गली जनावरको आक्रमणबाट २ लाखभन्दा बढीको भौतिक क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश अन्तरगतका १० जिल्लामा वन्यजन्तुको आक्रमणबाट विगत १८ महिनामा १६ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष ती १० जिल्लामा ११ जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए । बागमती प्रदेश प्रहरी कार्यालय हटौंडाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/०८० को अवधिमा भएका २४ घटनामा करोडौँको आर्थिक तथा भौतिक क्षति भएको छ । विशेषगरी बागमती प्रदेशको चितवन, मकवानपुर, धादिङ, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीमा मानिसहरु वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । नेपालको संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्ज मानव बस्तीकै माझ भएकै कारण पनि मानिसहरु वन्यजन्तुको आक्रमणमा पर्नु परेको छ । जङ्गली जनावरका कारण मानिस घाइते, अङ्गभङ्ग तथा मृत्यु हुने, पशुधनको क्षति, घरगोठको नोक्सानी, अन्नबाली, फलफूल, भण्डारण गरेको अन्नपातसमेतको क्षति हुने गरेको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क