इन्फो नेपाल — सञ्चारको सञ्जाल

वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध

नेपालमा गत मंगलबार पानी र वर्षा सगै आएको बाढीले खोटाङको कच्ची सडक अवरुद्ध बनेका छन् । ३१ असोज देखि २ कात्तिक सम्म परेको अविरल वर्षाका कारण जिल्लाको महुरे , रसुवाघाट , दिक्तेल ,हाटडाँडा , खानीडाँडा , दिक्तेक बजार, मानेभञ्ज्याङ र मात्तिम जस्ता कच्ची सडक ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनु भएको छ । वर्षाका कारण कच्ची सडकमा भएका खाल्डाखुल्डी र हिलोमा सवारीसाधन भासिने भएकाले यातायात सेवा प्रभावित भएको छ ।कतिपय ठाउँमा पहिरो खसेका कारण कच्ची सडक अवरुद्ध बनेको हो । दिक्तेल पाथेका र दिक्तेल, खार्मी सडकमा गत वर्षदेखि नै सवारीसाधन चलेको छैन । बेमौसममा परेको वर्षाका कारण जिल्लाका १० स्थानीय तहका कच्ची सडकको पनि खाल्डाखुल्डी भएको छ । त्यस्तै पानी र वर्षा सगैं आएको बाढीले धानबालिमा समस्या गरेको छ र सवारीसाधन सञ्चालन नहुँदा आकस्मिक काम र एम्बुलेन्स पनि चलेको छैन । चाडवाडका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क