इन्फो नेपाल — सञ्चारको सञ्जाल

वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेकाहरु राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई सरकारले सम्मान गरेको छ । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० जना उद्यमीलाई पुरस्कारसहित सम्मान गरेको हो । आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट बाराका सरोज कोइराला सम्मानित भएका छन् । वैदेशिक रोजगारीमा लामो समय यूएईमा बिताएर अहिले निजगढमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र सञ्चालन गर्दै आएका कोइराला एक लाख ५० हजार नगदसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका हुन् । यस्तै उद्यमी राष्ट्रिय पुरस्कारबाट ९ जना सम्मानित भएका छन् । यसरी सम्मानित हुनेमा एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालीका सञ्चालक म्याग्दीका महिन्द्र बानियाँ, छिन्गु मल्टी पर्पोज प्रालीका सञ्चालक रुपन्देहीका सुवर्ण पोखरेल र एम.एस. कृषि तथा पशुपालन फर्मका सञ्चालक महोत्तरीका मनोज राई छन् । यस्तै रसिलो एग्रिकल्चर नेपाल प्रालीका सञ्चालक मनोज ढकाल, नीलराज फुयाल र जितेन्द्र बानियाँलाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गरिएको छ । यस्तै किराँत एग्रिकल्चर एण्ड लाइभ स्टक फर्मका सञ्चालक सुनसरीका नवीनकुमार राई, कन्सुलर एक्सन प्लान अफ रेस्पोन्सिबल डेभलपमेन्ट सोसाइटी प्रालीका सञ्चालक नवलपरासीका मोहनबहादुर कार्की र बेदकोट बेस्लरी उद्योगका सञ्चालक कञ्चनपुरका धनबहादुर धानुक यो सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन् । वि.स. २०७६ सालदेखि यो पुरस्कार प्रदान गरिँदै आएको छ । मन्त्रालयले यो पुरस्कारको लागि आवेदन माग गर्छ । मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्ने उद्यमीहरु यस पुरस्कारबाट सम्मानित हुन्छन् । यो पुरस्कारको लागि कामदार भिसामा विदेश गएर कम्तीमा एक वर्ष काम गरेर फकिएको हुनुपर्छ । वैदेशिक रोजगारीबाट फर्किर नेपालमा व्यवसाय सञ्चालन गरेको पनि कम्तीमा एक वर्ष पूरा भइसकेको हुनुपर्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क