इन्फो नेपाल — सञ्चारको सञ्जाल

शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु

एजेन्सी । भारतको राजस्थानमा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएकाे छ । राजस्थानको जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयका दलित समुदायका एक (बालक) विद्यार्थीले शिक्षकका लागि राखिएको माटाकाे भाँडाकाे पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा उनको मृत्यु भएको हो । विद्यार्थीको मृत्यु भएपछि स्थिति तनाव ग्रस्त बनेको छ । ९ वर्षीय मृत्यु ती विद्यार्थीका अभिभावक र राजस्थानका दलित समुदायका बासीन्दा आक्रोशित बनेका छन् । प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाई मुद्दा दायर गरिएको छ । प्रहरीका अनुसार परिवारको उजुरीमा शिक्षक विरुद्ध एससीएसटी ऐन र धारा ३०२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। शिक्षकाे कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकाे उपचारका क्रम गुजरातको अस्पतालमा मृत्यु भएको हो । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ । परिवारले उनलाई उपचारका लागि गुजरातको अस्पतालमा लगिएकाे थियाे । तर बालकलाई परिवारले बचाउन भने सकेन् । बालकको उपचारका लागि परिवार २५ दिनसम्म भौतारिएकाे थियाे । यसैबीच राजस्थानको मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिने पनि मुख्यमन्त्री अशोकले बताएका छन् । मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारतीय रुपैयाँ राहत स्वरुप उपलब्ध गराइने पनि मुख्यमन्त्री अशोकले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क