इन्फो नेपाल — सञ्चारको सञ्जाल

शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो

दाङ । दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ बर्षका विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको हो । शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपको लाठीले प्रहार गर्दा विद्यार्थीको हात फ्याक्चर भएको छ भने दुबै हात सुनिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादु शाहीले जानकारी दिए । विद्यार्थीको दायाँ हातको हड्डी फुटेको छ । ‘बाहिर ल्याएर गोरु चुटे जसरी पाइपको लठ्ठीले निर्मम तवरले हान्नुभयो । सरहरुले यस्तो नगर्नुस सर भन्दा पनि मान्नु भएन । दया भएको मान्छेले यस्तो गर्नै सक्दैन ।’ एक शिक्षकले नाम नबताउने सर्तमा भने । यता आरोपी शिक्षक भण्डारीले कक्षा कोठामा विद्यार्थी आपसमा झगडा गरेपछि लाठीले पुट्ठामा हान्दा हातमा लागेर औला फ्याक्चर भएको बताए । ‘यो मिडियामा ल्याउने खालको विषय छैन । सामान्य हो । म आफै विद्यार्थीलाई हस्पिटल लिएर आएको छु ।’ घाइते विद्यार्थीकोको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पलाष्टर गरिएको छ । विद्यार्थी कुटपिट गर्ने शिक्षक बिरुद्ध प्रहरी चौकी चिराघाटमा अभिभावकले उजुरी समेत दिएका छन् । विद्यार्थी कुटपिट गर्ने तुलसीपुर–१२ क्वाङी निबासी ४१ बर्षका शिक्षक उदयराज भण्डारीले विगत दुई बर्षदेखि कक्षा ९,१०,११ र १२ कक्षालाई पढाउँदै आएको विद्यालय प्रशानले जनाएको छ । विद्यार्थी संगठनद्धरा कारबाहीको माग विद्यार्थी कुटपिट गर्ने विषयलाई लिएर तीन विद्यार्थी संगठनले आफ्ने गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियू दाङका संयोजक सर्जन परियार, अनेरास्ववियू क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महरा, अखिल क्रान्तिकारी दाङका खुमन पौडेलद्धारा संयु्क्त जारी प्रेस विज्ञप्ती घटना प्रति दुख व्यक्त गरेका छन् । विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गरेपछि विद्यार्थी संगठनले कारबाहीको माग समेत गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क