इन्फो नेपाल — सञ्चारको सञ्जाल

शिशुलाई कुन उमेरमा कुन खोप लगाउने ?

काठमाडौं- शिशु जन्मिनासाथ खोप लगाउनुपर्छ । एउटा निश्चित उमेरभित्र विभिन्न खोप लगाइसक्नुपर्छ । यसले उनीहरुलाई सम्भावित रोगको जोखिमबाट बचाउँछ । राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत अहिले नेपालमा १५ महिनामुनिका बालबालिकालाई निःशुल्क खोप लगाइने गरिएको छ । खासगरी क्षयरोग, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो, दादुरा, रुबेला, न्युमोकोकस र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाइन्छ । जन्मिनेबित्तिकै बीसीजी - जन्मिनेबित्तिकै शिशुलाई बीसीजी खोप लगाउनुपर्छ । अस्पतालमा जन्मिएका बालबालिकालाई यो खोप त्यहीं लगाइन्छ । साथै यो प्रत्येक स्वास्थ्य केन्द्र र खोप केन्द्रमा पनि उपलब्ध हुन्छ । यसको लागि शुल्क लाग्दैन, सरकारले निःशुल्क वितरण गर्छ । बीसीजी खोपले शिशुलाई क्षयरोगबाट बचाउने काम गर्छ । १५ महिनासम्म कुन-कुन खोप दिने - त्यसपछि शिशुलाई ४-४ हप्ताको फरकमा डीपीटी र हेपाटाइटिस बीविरुद्धको खोप दिनुपर्छ । यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमाफिलस बीबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ । त्यससँगै पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाइलाइटिसबाट जोगाउँछ । शिशु ६ हप्ता र १४ हप्ता भएपछि एफआईपीभी पनि दिइन्छ । दुई पटक दिनुपर्ने यो खोपले रोटा भाइरसद्वारा हुने पखालाविरुद्ध काम गर्छ । ६ हप्ता, १० हप्ता र ९ महिनामा पीसीभी खोप लगाइन्छ । यो तीन पटक दिइन्छ, यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ । ९ महिना र १५ महिनाको उमेरमा दादुरा-रुबेला विरुद्धको दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ । १२ महिनाको उमेरमा जेई खोप दिइन्छ । यसले जापनिज इन्सेफलाइटिसबाट बचाउँछ । शिशु मात्र होइन, गर्भवती महिलालाई पनि टीडी दिइन्छ । यसले शिशुलाई धनुष्टंकार र भ्यागुते रोगबाट बचाउँछ । बढीमा दुई वर्षभित्र लगाइसक्नुपर्छ खोप- राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत शिशु जन्मिएदेखि १५ महिनामुनिका बालबालिकाले यी सम्पूर्ण खोप लगाउनुपर्छ । तर कुनै कारणबस खोप छुटेको अवस्थामा शिशुहरू खोपबाट वञ्चित नहुन् भन्नका लागि बढीमा दुई वर्षभित्रमा सम्पूर्ण खोप लगाइसक्नुपर्छ । स्वास्थ्य केन्द्रमा निःशुल्क खोप- यस्तो खोप सम्पूर्ण स्वास्थ्य केन्द्र र खोप केन्द्रमा लगाइन्छ । बच्चा जन्मिएदेखि १५ महिनासम्म लगाइने सम्पूर्ण खोप सरकारले निःशुल्क वितरण गर्छ । यस्तो खोप लगाउँदा बच्चालाई सामान्य ज्वरो आउने, खोप लगाएको ठाउँमा सुन्निने र रातो हुने समस्या हुन सक्छ । गम्भीर समस्या भने खासै हुँदैन । यदि खोप लगाइएन भने के हुन्छ ?- यदि खोप लगाइएन भने शिशुलाई भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमाफिलस बीबाट हुने मेनिन्जाइटिस र निमोनियाजस्ता समस्या देखा पर्न सक्छ । खोप नलगाउँदा पोलियोमाइलाइटिस, रोटा भाइरसद्वारा हुने पखाला, मेनिजाइटिस र निमोनिया, दादुरा, रुबेला, जापनिज इन्सेफलाइटिस, धनुष्टंकार र भ्यागुतेरोग लाग्ने सम्भावना पनि हुन्छ । यीमध्ये कुनै एउटा वा दुईवटा खोप लगाउन छुटाइयो भने जुन रोगविरुद्धको खोप लगाउन छुट्यो त्यो रोग लाग्ने सम्भावना हुन्छ । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क