इन्फो नेपाल — सञ्चारको सञ्जाल

शेयर बजारमा १६.७४ अङ्कको गिरावट

काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक (नेप्से) १६.४७ अङ्कले घटेको छ। बजार ओरालो लागेसँगै नेप्से परिसूचक २ हजार ६१३.३३ विन्दुमा झरेको छ।

​नेप्सेसँगै आइतबार कारोबार रकममा पनि गिरावट आएको छ। गत बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३५७ वटा कम्पनीको १ करोड ३१ लाख कित्ता शेयर ५ अर्ब ३८ करोड रुपैयाँमा किनबेच भएको छ।

​आज व्यापार उपसूचक बाहेक अन्य सबै समूहका उपसूचक घटेका छन्। जसमध्ये जलविद्युत्, लगानी र निर्जीवन बीमा समूहको उपसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

​दिनभरको कारोबारमा २२४ वटा कम्पनीको शेयर मूल्य घट्दा ४९ वटा कम्पनीको बढेको छ भने ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

​कारोबारका आधारमा हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर मूल्यमा सबैभन्दा बढी साढे १० प्रतिशतको गिरावट आएको छ। बजार ओरालो लागे पनि कुमारी बैंकको डिबेन्चर (२०९०) को मूल्य भने १२.१७ प्रतिशतले बढेको छ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क