इन्फो नेपाल — सञ्चारको सञ्जाल

शैक्षिक सुधारमा भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाको सक्रियता

भोजपुर / इच्छा शक्ति भएमा जनप्रतिनिधीहरुबाट पनि हौसला मिल्छ भन्ने उदाहरण भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा बन्नु भएको छ । नगर क्षेत्रका बिभिन्न बिद्यालयहरुमा अध्ययरत बिद्यार्थीहरुलाइ पोशाक बितरण देखि लिएर प्रशासनीक कार्यका लागि कम्प्युटर लगायतका सामाग्रीहरु अहिले उपप्रमुख शेर्पाले सहयोग गर्दे आउनु भएको छ । भोजपुर नगरपालिका वडा नम्वर २, हेलौछाको घारामा रहेको सिंह बाहिनी आधारभुत बिद्यालयमा अध्ययतरत बिद्यार्थीलाई आइतवार उपप्रमुख शेर्पाले जाडोको समयमा लगाउने बिद्यालय पोशाक बितरण गर्नु भएको छ । कक्षा पाँचसम्म पठनपाठन हुने त्यस बिद्यालयका ४२ जना बिद्यार्थीहरुलाई उपप्रमुख शेर्पाले पोशाक बितरण गर्नु भएको हो । बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई उपप्रमुख शेर्पाबाट भएको सहयोगले राहत मिलेको बिद्यालयका प्रधानाध्यापक रमेश कुमार पराजुलीले बताउनुभयो । यस अघि पनि उपप्रमुख शेर्पाले कालिका प्राथमिक बिद्यालय गुप्तेश्वरका २९ जना बिद्यार्थीहरुलाई पोशाक बितरण सहित शिक्षक, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, स्थानीय बुद्धिजिवी लगायतलाई सम्मान गरि सक्नु भएको छ भने वडा नम्वर ५ मा रहेको सिंह देवी प्राविलाई कम्प्युटर प्रदान गर्नु भएको छ । सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा मद्धत पुर्याउने उद्धेश्यका साथमा आफुले बिद्यालयहरुलाई सहयोग गर्दे आएको उपप्रमुख शेर्पाले बताउनुभयो । उपप्रमुखबाट पाएको सहयोगले आफुहरुमा पनि हौसला मिलेको बिद्यालयमा कार्यरत शिक्षकहरुको भनाई रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क