इन्फो नेपाल — सञ्चारको सञ्जाल

संखुवासभाको नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

संखुवासभा / संखुवासभाको मकालु गाउँपालिका- ३ नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। खाँदबारी-किमाथाङ्का सडक खण्डको मकालु –३ नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा भोटखोला गाउँपालिका - २ का रुकुमाका ३५ वर्षीय फुर्पु छिरिङ लामाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मोटरसाइकल दुर्घटनामा घाइते भएका लामाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मकालु गाउँपालिका -५ नुममा गएराति मृत्यु भएको हो । मंगलबार बेलुका भोटखोला गाउँपालिकाको गोलाबाट खाँदबारी आउँदै गरेको प्रदेश १–०२–०५२ प ०४५२ नम्बरको मोटरसाइकल सडकभन्दा १ सय मिटर तल खसेको थियो। मोटरसाइकल दुर्घटना परेर भोटखोला गाउँपालिका –४ का चालक ३२ वर्षीय तटुक शेर्पा घाइते भएका छन् । घाइते शेर्पाको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भइरहेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क