इन्फो नेपाल — सञ्चारको सञ्जाल

संघीयता सुदृढ गर्न माडीमा प्रदेशसभाको पहल, कानुनी समन्वयमा जोड

चितवन | बागमती प्रदेश सभाको आयोजनामा सोमबार चितवनको माडी नगरपालिकामा  “स्थानीय सरकारसँग कानुन निर्माण, कार्यान्वयन र अपेक्षा” विषयमा विशेष छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन र अध्यक्षता प्रदेश सभाका सभामुख मा. भुवन कुमार पाठकले गरेका थिए । उद्घाटन सम्बोधनका क्रममा सभामुख पाठकले संघीयताको अभ्यास सुदृढ पार्न प्रदेश र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । उनले भने, “कानुन निर्माणमात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयनको सन्दर्भमा स्थानीय सरकारहरूको भूमिकालाई व्यवस्थित गर्न यस खालको छलफल महत्त्वपूर्ण छ।” पाठकले स्थानीय सरकारहरू संविधानले दिएको अधिकारलाई व्यावहारिकरूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बागमती प्रदेशका सांसदहरू, स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरू, कानुनविद्हरू, नीति निर्माता, कर्मचारी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलमा प्रदेश र स्थानीय तहबीचको अधिकारको सीमा, दोहोरो कार्यक्षेत्र, कानुनी अस्पष्टता, र प्रदेशस्तरीय ऐनहरूको स्थानीय कार्यान्वयनका समस्याहरूबारे गहिरो बहस भएको थियो। प्रदेश सभाले यस अन्तर्क्रियालाई आगामी नीतिगत तथा कानुनी सुधारको आधार बनाउने जानकारी गराइएको छ। सहभागीहरूबाट प्राप्त सुझावहरू संकलन गरी प्रदेश सरकार र सभासँग समन्वयमा आवश्यक ऐन संशोधन र मार्गनिर्देशन तय गरिनेछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क