इन्फो नेपाल — सञ्चारको सञ्जाल

सङ्खुवासभाको खाँदबारीमा देवकोटाको जन्मजयन्ती मनायो

संखुवासभा / मकालु साहित्यिक समाजको आयोजनामा खाँदबारीको देवकोटा चोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मनाइएकाे छ । कार्यक्रममा जिसस प्रमुख, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, न्यू भैरवी दलका मेजर , जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठ लगायत दुई दर्जन बढी कविकाे सहभागीता रहेको थियाे । स्थानीय तीनवटा टोल, देवकोटा जागरुक आमा समूहले स्फूर्त रुपमा कार्यक्रम ब्यवस्थापनमा सहयोग गरेकाे थियो भने वडा नं १ ले पनि सहयोग गर्ने बचन दिएको थियो । कार्यक्रममा महिला समूहको साहित्य समाजले सम्मान समेत गरेकाे थियाे । खाँदबारी डाँडामा ३० औं बर्षबाट निरन्तर सारङ्गी रेटेर जीवनको कहानी सुनाउँदै आउनु भएकाे बमबहादुर गन्धर्वलाई कार्यक्रमका अध्यक्ष ताराबहादुर बुढाथोकीले टोपी र माला लगाएर सम्मान गरेका थिए । कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरुबिच 'महाकवि देवकोटा'विषयक बाल कविता प्रतियोगिता पनि आयोजना भएको थियो। कविता मार्फत बाल कविहरुले महाकविलाई अनेक आयाममा सम्झिएका थिए। यस किसिमको प्रतियोगिताले खोज अनुसनधान र सिर्जना शक्तिको बिकास हुने आयोजक अध्यक्ष बुढाथोकीले बताउनु भयाे । प्रतियोगितामा हिमाविका सौजन कट्टेल प्रथम , महेन्द्र मावि मानेभन्ज्याङका उमा वानियाँ र लक्ष्मी वानियाले द्वितीय र तृतीय स्थान हासिल गर्नुभयाे । विजेतालाई  क्रमश:२०००/-१५००/-१०००/-र ५००/- नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएकाे थियाे। प्रतियोगिताले प्रतिभा प्रस्फुटनको लागि अवसर मिल्ने कुरा अतिथि बक्ताले बताएका थिए । प्रजिअ लगायतका अतिथिहरुले शुभकामना ब्यक्त गरेको उक्त समारोहमा फन्केरोटी र हिमाविका विद्यार्थीको देउसी भैलो र मारुनी नृत्यले अतिथिलाई स्वागत गर्दै गर्दा कार्यक्रममा तिहारको राैनक भित्रिएको अनुभूति भएकाे सहभागीले बताएका थिए । साहित्यकार ताराबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बीसौ बर्षदेखि मकालु साहित्यिक समाजले निरन्तर गर्दै आएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क