इन्फो नेपाल — सञ्चारको सञ्जाल

सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाअन्तर्गतका सडकका खाल्डाखुल्डी अबको १५ दिनभित्र पुर्न एवम् व्यवस्थित गर्न निर्देशन दिएका छन् ।  बिहीबार अनुगमनका क्रममा यातायात मन्त्री श्रेष्ठले यसका लागि छिट्टै सबै महानगर प्रमुख, उपत्यका विकास प्राधिकरण, उपत्यका सभ्यता विकास आयोजनाका सबैसँग सामूहिक छलफल गरिने बताए । मन्त्री श्रेष्ठले भने , “हाम्रो मन्त्रालय र विभागअन्तर्गतको हामी सबै यही छौं । सबै बसेर निर्णय गरेका छौं, जिम्मेवारी बोध गरेर यसलाई लागू गर्नुपर्छ । काम जसरी पनि गर्न कार्यान्वयन गर्न म छिट्टै महानगर प्रमुखहरु, उपत्यका विकास प्राधिकरण, उपत्यका सभ्यता विकास आयोजना सबैसँग सामूहिक रुपमा छलफल गर्छौं । सबैको समन्वयमा गर्छौं ।” उनले अहिले एक पटक टाल्ने प्रक्रिया भएकोमा संयुक्त बैठक र समन्वयमा भोलिदेखि कम्तीमा दुईदेखि तीनवटा ठाउँमा यो प्रक्रिया थालिने बताए । 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क