इन्फो नेपाल — सञ्चारको सञ्जाल

सडक दुर्घटनामा ७ वर्षमा १३ हजारको मृत्यु 

काठमाडौँ — मुलुकमा सडक दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिको अवस्था पनि डरलाग्दो छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ यता सडक दुर्घटनाबाट १२ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ८६ जना अंगभंग भएका छन् ।  गत वर्ष फागुनमा संखुवासभामा भएको बस दुर्घटना : फाइल तस्बिर/विमल काफ्लेको फेसबुकबाट काभ्रेको बेथानचोकमा गत मंसिर २७ मा बस दुर्घटनामा पर्दा एकै परिवारका ८ सहित १८ जनाको मृत्यु थियो । गत असोज २० मा हेटौंडाबाट वीरगन्ज गइरहेको बस बाराको अमलेखगन्जमा दुर्घटना हुँदा १६ जनाले अकालमै ज्यान गुमाएका थिए । २०७८ फागुनमा संखुवासभाको मादीबाट झापा जाँदै गरेको बस मादीकै पुलुङमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भयो । त्यही वर्षको असोज २६ मा बाँकेको नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको बस मुगुको छायानाथ (पिना) मा दुर्घटना हुँदा २३ जनाले ज्यान गुमाए । यान्त्रिक परीक्षणबिनै सवारी गुडाउने, चालकले मादक पदार्थ सेवन गर्ने, इन्जिनियरिङबिनै सडक खन्ने, पैसा कमाउने लोभमा चालकले आराम नगर्ने, द्रुत गतिमा सवारी गुडाउनेजस्ता कारणले सडक दुर्घटना भइरहेको देखिन्छ । दुर्घटनाको कारण पहिचान गरेर त्यस्ता गतिविधि नियन्त्रण गर्नेतर्फ सरकारको पर्याप्त ध्यान गएको पाइँदैन । नेपाल प्रहरीले २०७५ मा गरेको एक सर्वेक्षणमा बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म २६ प्रतिशत, १२ बजेदेखि साँझ ६ बजेसम्म ३२ प्रतिशत, साँझ ६ देखि राति १२ बजेसम्म २८ प्रतिशत र त्यसपछि बिहान ६ बजेसम्म १४ प्रतिशत दुर्घटना हुने गरेको पाइएको थियो । प्रहरीको सीआईडी म्यागजिन–२०७६ अनुसार यो एक वर्षको दुर्घटनालाई अध्ययन गरेर तयार पारिएको तथ्यांक हो । तर त्यसअनुसार दुर्घटना रोकथाम तथा नियन्त्रणको कार्यक्रम ल्याइएन । आर्थिक वर्ष ०७२/७३ मा सडक दुर्घटनाबाट १ हजार ७ सय १४ को ज्यान गएको थियो भने १ सय ६ जना अंगभंग भएका थिए । ०७३/७४ मा २ हजार ४४ को मृत्यु र १ सय ८ को अंगभंग, ०७४/७५ मा २ हजार १ सय ६७ को मृत्यु र १ सय ५३ को अंगभंग भएको थियो । यस्तै ०७५/७६ मा २ हजार २ सय ८४ को मृत्यु र २ सय ५६ को अंगभंग, ०७६/७७ मा १ हजार ७ सय ४७ को मृत्यु र २ सय २३ को अंगभंग भएको थियो । ०७७/७८ (कोभिड काल) मा दुर्घटना र मृत्युको दर घटेको थियो । त्यो वर्ष दुर्घटनामा परी १ सय २२ ले ज्यान गुमाएका थिए भने ८ जनाको अंगभंग भएको थियो । ०७८/७९ मा २ हजार २ सय १८ को मृत्यु र ३ सय ८ को अंगभंग भयो । चालु आर्थिक वर्ष ६ महिनामा सात सयभन्दा बढीले सार्वजनिक र निजी सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क