इन्फो नेपाल — सञ्चारको सञ्जाल

सडक भासिएको ठाउँबाट दुई पुरुषको शव नदि बाहिर निकालियो

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्याम नजिक सडक भासिएर मर्स्याङ्दी नदी किनारमा भएको दुर्घटनामा फेला परेका दुई पुरुषको शव निकालिएको छ। सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा गएको गोताखोर सहितको टोलीले शव नदीभन्दा बाहिर निकालेको हो। शुक्रवार बिहान करिब साढे ४ बजे बा १० च ४६७९ नम्बरको कारको हुटर मात्र फेला परेको थियो। नजिकै दुई जना पुरुषको शव भेटिएपछि सुरक्षाकर्मीको उद्धार टोली परिचालन गरिएको थियो। उद्धार गर्ने क्रममा ग १५ प २९५३ नम्बरको मोटरसाइकलमा सबार गोरखा सिरान चोक घर भएका ३५ वर्षीय केशव घिमिरे र अर्का एक व्यक्तिको शव निकालेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा अन्य मानिसहरु पनि परेको हुन सक्ने आशङ्कामा प्रहरीले खोजी तथा उद्धार जारी राखेको छ। नदीमा मोटरसाइकल र कारको पाट पुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क