इन्फो नेपाल — सञ्चारको सञ्जाल

सबैलाई सकिँदैन, ५/६ जनालाई फ्री भिसामा मलेसिया पठाइदिन्छु: आरजु राणा

काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पछिल्लो समय एकपछि अर्को अभिव्यक्तिका कारण विवादमा परिरहेकी छन् । बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर नेपाली कांग्रेसले नजित्ने पालिकालाई पैसा नदिने बताएकी उनले शुक्रबार कैलालीमा अर्को विवादित भाषण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणाले धनगढीमा चुनावी सभालाई सम्बोधनका क्रममा त्यहाँका स्थानीयलाई फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइदिने आश्वासन दिएकी छन् । ‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो । यो क्षेत्रलाई हामी विशेष ध्यान दिन्छौँ, तपाईंहरुले कांग्रेसलाई जिताउनुहोस् उनले भनिन्, हामी सबैलाई गर्न सक्दैनौँ । तर, यो ठाउँमा दुख पाएकाहरु केहीलाई पढाउने छु । मलेसिया जाने कोही भएमा मलाई आउने कोटाबाट फ्री भिसा र टिकट मिलाउनेछु । हामी त्यस्ता ५(६ जनालाई मलेसिया पठाउँछौ। तर सबैलाई लान सकिन्न, नसके यहीँ रोजगारी दिन कोसिस गर्छौँ ।’ सम्बोधनका क्रममा राणाले २०७४ मा प्रतिनिधि सभा सदस्यमा पराजित भए पनि आफूलाई कुनै फरक नपर्ने बताइन् । आफूलाई हराएका एमाले सांसद नारदमुनि रानाले केही काम गर्न नसकेको पनि उनले आरोप लगाइन् । उनले कांग्रेसकै पहलमा धनगढीको विकास भएको जिकिर गरिन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क