इन्फो नेपाल — सञ्चारको सञ्जाल

समुन्द्रको बीचमा एक महिलाले जन्माइन् बच्चा

एजेन्सी । मध्य अमेरिकी मुलुक निकारागुवाकी एक महिलाले प्रशान्त महासागरको बीचमा बच्चा जन्माएकी छिन् । निकारागुवाकी ३७ वर्षीया जोसी पेउकर्ट नाम गरेकी ती महिलाले समुन्द्रको छालको बीचमा बच्चालाई जन्म दिएकी हुन् । उनले सामाजिक संजालमा आफ्नो प्रसुतिको भिडियो र तस्बीर सार्वजनिक गरेपछि अहिले त्यो विश्वभर भाइरल भएको छ । जोसीले आफूले समुन्द्रमा बच्चा जन्माएको विषयलाई ‘ फ्री वर्थ’ (निःशुल्क जन्म) भनेर नाम दिएकी छिन् ।जोसीले सो समयको भिडियो समाजिक सञ्जालमा गत फेब्रुअरी महिनामा सार्वजनिक गरेकी थिइन् । तर, भिडियो अहिले भाइरल भएको हो । जोसी यसअघि ४ बच्चाकी आमा हुन् । भिडियोलाई हालसम्म २ लाख भन्दा बढीपटक हेरिएको छ । भिडियोमा जोसी आफ्ना ४२ वर्षीय श्रीमान् बेन्नी कोर्नेलियससँग देखिएकी छिन् । साथै जोसीको प्रसुतीको समयमा उनले मद्दत पनि गरेका छन् । उनीहरुले तौलिया र नाभि राख्नका लागि कचौरा जस्ता समान्य चीजहरू मात्र प्रयोग गरेका थिए । बेलायती पत्रिका ‘डेली मेल’ का अनुसार जोसीले ‘फ्री वर्थ’ को लागि चिकित्सा सहायता बिना नै बच्चालाई जन्म दिएकी हुन् । यद्यपि जोसीको यस्तो प्रकारको प्रसुतीले विबाद पनि सृजना गरेको छ । सन् २०१८ मा अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले यस्तै प्रकारले समुन्द्रमा बच्चा जन्माउन खोज्दा मृत बच्चा जन्मिएको थियो । विज्ञहरूले यस्तो प्रक्रिया नअपनाउन सल्लाह दिने गरेका छन् । जोसी समुन्द्रको छालमा सुत्केरी हुने बेलामा चिच्याएकी थिइन् । जोसीले भनेकि छिन्,उनको पछाडि प्रहार गर्ने छालहरूले उनलाई सुत्केरीको समयमा सहज महसुस गराएको थियो । ‘मेडिकल हस्तक्षेपबिना पनि महिलाको सन्तान जन्माउन सक्षम हुन्छन् भन्ने देखाउन चाहन्थे,यो पूर्णत प्राकृतिक जन्म हो ।’ उनले भनेकि छिन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क