इन्फो नेपाल — सञ्चारको सञ्जाल

सवारी दुर्घटनामा १६ जनाको मृत्यु

जोहानेसबर्ग- दक्षिण अफ्रिकामा शुक्रबार सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्पोपो प्रान्तको मोटेमामा बिहान दुई ट्याक्सी र एउटा भारी गाडी ठोक्किँदा १६ जनाको मृत्यु भएको लिम्पोपो यातायात तथा सामुदायिक सुरक्षा विभागले जनाएको छ । विभागका प्रवक्ता टिडिमालो चुएनले सिन्ह्वासँग भने , “आज बिहान एउटा ट्याक्सी असुरक्षित रुपमा ओभरटेक गरेर एउटा ट्रक र अर्को ट्याक्सीसँग ठोक्किँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दुर्घटना भएका ट्याक्सीहरूमध्ये एउटाले विक्षार्थीहरूलाई विद्यालय पु¥याइरहेको थियो । मृत्यु हुनेमा दुई ट्याक्सीका चालक र छ जना विद्यार्थी रहेको जनाइएको छ । घटनास्थलमा रहेका कानून प्रवर्तन अधिकारीहरूलाई उद्धृत गर्दै लापरबाहीपूर्वक सवारी चलाउनुलाई दुर्घटनाको सम्भावित कारणको रूपमा उल्लेख गरेको चुएनेले बताए । गम्भीर घाइते भएका चार जना यात्रुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क