इन्फो नेपाल — सञ्चारको सञ्जाल

साँगुरीगढी गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) सार्वजनिक

धनकुटा - धनकुटाको साँगुरीगढी गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । गाउँपालिकाले १४ औं गाउँसभाको अवसर पारेर शुक्रवार लोगो सार्वजनिक गरेको हो । पालिकाको ऐतिहासिक, पुरातात्विक महत्वको क्षेत्रहरु समेटेर लोगो तयार पारिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।लोगोको माथिल्लो भागमा यस क्षेत्रमा पाइने लालीगुराँस फुलको दुई थुंगाको वीचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । तल्लो भागमा रहेको रिवन भित्र पालिकाको नाम राखिएको छ । त्यस्तै लोगोको दाँया र वायाँ क्षेत्रमा कृषिजन्य उत्पादनको प्रतिकको रुपमा धानको वाला राखिएको छ । लोगोको भित्री क्षेत्रको माथिल्लो भागमा गाउँपालिका क्षेत्रवाट देखि मकालु, कुम्भकर्ण र कञ्चनजंगा हिमाल, त्यसपछि पहाडी क्षेत्रको भूभाग समेटिने पहाड र पर्यटनक्षेत्रलाई समेट्ने पदयात्रा राखिएको छ । त्यस्तै ऐतिहासिक साँगुरीगढी, वडागत नक्सा, झरना र सप्तकोशी नदि र त्यहाँ रहेको किराती समुदायको ऐतिहासिक खुवालुङ ढुंगा समेटिएको छ । लोगोको लागि गाउँपालिकाले सार्वजनिक सूचना गरि आव्हान गरेकोे थियो । छनोटका लागि विज्ञ टोली निर्माण गरिएको थियो । विज्ञ टोलीवाट छनोट भएको लोगोलाई कार्यपालिका वैठकबाट निर्णय गरि उक्त निर्णयलाई गाउँपालिकाबाट पारित गरिएको अध्यक्ष राईले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क