इन्फो नेपाल — सञ्चारको सञ्जाल

सांसद रघुजी पन्त र ज्ञानेन्द्र शाहीबीच संसदमा तीव्र भनाभन

काठमाडौं | प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा (एमाले) सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) बीच चर्को भनाभन भएको छ। संसदमा धारणा राख्ने क्रममा शाहीले आपत्ति जनाएपछि पन्तले "इतिहास नबुझी बहस गर्न नआउनू" भन्दै तिखो जवाफ फर्काएका छन्।

पन्तले वि.सं. २०१२ मा प्रकाशित हुलाक टिकटमा रहेको चुच्चे नक्सा २०१७ सालपछि हराएको दाबी गर्दै पञ्चायती व्यवस्थामै राष्ट्रियता कमजोर भएको बताए। उनले गणतन्त्र आएपछि मात्रै नेपालले आफ्नो चुच्चे नक्सा पुनः प्राप्त गरेको जिकिर गरे।

सांसद पन्तले राजावादी आन्दोलनमा भारतीय नेता योगी आदित्यनाथको तस्बिर प्रयोग गरिनु राष्ट्रियताको प्रश्न भएको बताए। "देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश? यही हो देशभक्ति?" भन्दै उनले व्यंग्य गरे।

पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालका विवादित घटनाहरू उठाउँदै तत्कालीन शाहज्यादा पारस शाह जोडिएको गायक प्रविण गुरुङ हत्या काण्ड को स्मरण गराए। उनले राजतन्त्र नेपाली जनताको आवश्यकता नभएको जिकिर गर्दै संसदमा त्यसबारे बहस हुन नसक्ने स्पष्ट पारे।

"संविधानले राजतन्त्र चिन्दैन, यो संसद गणतन्त्रको प्रतिनिधित्व गर्छ" भन्दै उनले राजसंस्थाको पुनर्स्थापनाको बहस असान्दर्भिक भएको बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क