इन्फो नेपाल — सञ्चारको सञ्जाल

सासु र जेठाजुले बुहारीको कन्यादान गरिदिए……

इटहरी / इटहरीमा सासु र जेठाजुले बुहारीको कन्यादान गरिदिएका छन् । इटहरी उपमहानगरपालिका ४ का पूण्य पौडेल र उनकी आमा जानुकाले बुहारीको विवाह गरिदिएका हुन् । आज ३४ वर्षीया सूजा पौडेलको वैदिक परम्पराअनुसार कन्यादान गरी विवाह गरिएको हो । जानुकाका कान्छा छोरा फडिन्द्र र सूजाबीच २०६९ सालमा मागीविवाह भएको थियो । पौडेल परिवारले झापाको बैगुन्धुराबाट सूजालाई बुहारी बनाएर भित्र्याएको हो । तर, फडिन्द्रको ०७१ सालमा मृत्यु भएको थियो । सुनसरीको डुम्राहा घर भएका रमेश रेग्मीले प्रस्ताव गरेपछि आफूहरूले राजीखुसी विवाह गराइदिएको जानुकाका जेठाजु पूण्यले बताए । उनले भने, “पारिवारिक सहमतिमै विवाह गर्ने निर्णयमा पुगेका हौँ । भनेजस्तो परिवार र उस्तै विगत भएका जोडीले राम्रो गरिखान सक्छन् भन्ने अपेक्षासहित बुहारीको विवाह गरिदिएका हौँ ।” रेग्मीको पहिलो श्रीमतीको पनि दुई वर्षअघि मृत्यु भएको थियो । उनीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् । रेग्मी सरकारी कर्मचारीको रूपमा कार्यरत छन् । सूजा एनआईसी एसिया लघुवित्तमा कार्यरत छिन् । सूजाका बुवा कृष्ण खतिवडाले छोरी कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका निम्ति उदाहरण भएको बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क