इन्फो नेपाल — सञ्चारको सञ्जाल

सीसीटीभीको दृश्य– सेतो क्याप र निलो टिशर्ट लगाएर होटल पुगेका थिए सन्दीप

काठमाडाैं | नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने भदौ ५ गते बेलुका अबेर सिनामंगलस्थित एक होटलमा युवतीसहित पुगेको पुष्टि प्रहरीले गरेको छ । प्रहरी स्रोतका अनुसार सन्दीप उक्त होटलमा पुग्दा सेतो क्याप, सेतै जुत्ता र निलो टिशर्ट लगाएको सीसीटीभी फूटेजमा देखिएको छ । पीडित युवतीले भने सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएको देखिएको प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरलाई जानकारी दिए । प्रहरी स्रोतका अनुसार उनीहरू करीब ७ घण्टा होटलमा बसेर फर्किएका थिए । भदौ ६ गते बिहान ६:४६ मिनेटमा होटलबाट बाहिरिएको देखिएको हो । प्रहरीले पीडितले बयानमा उल्लेख गरेको नगरकोटको रिसोर्टमा रहेको सीसीटीभी फूटेज पनि अनुसन्धान गरिरहेको छ । अहिले प्रमाणहरू संकलन गरेर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिने तयारी भइरहेको छ । पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा लगेर स्वस्थ्य परीक्षण गराइएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहोराले जनाकारी दिए । जाहेरीमा १७ वर्षीया बालिकालाई लामिछानेले सिनामंगलस्थित होटलको कोठा नम्बर ३०५ मा लगी रातभर पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख छ । प्रहरीका अनुसार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी होटलमा ल्याएर मध्यरातमा जबरजस्ती गरेको विवरण जाहेरीमा उल्लेख छ । लामिछाने क्यारेबीयन प्रिमियर लिग खेल्नका लागि अहिले वेस्टइन्डिजमा छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क