इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनकोशीमा नुहाउन गएका बालबालिका ३ दिनदेखि बेपत्ता

उदयपुर | होली खेलेर सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएका छैनन् । आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा पौडी खेल्दा उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका थिए । उनीहरुको खोजी सशस्त्र प्रहरीको गोताखोर टोली गरेको थियो । सोमबार पनि खोजी गर्दा बालबालिकाको अवस्था पत्ता लगाउन नसकेपछि टोली फिर्ता भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ वराह वाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएकोमा करिब २ किलोमिटरसम्म पानी जमेको सबै स्थानमा खोजी गर्दा समेत बालबालिकाहरु नभेटाएपछि खोजतलास टोली फर्किएको हो । थप प्रहरी परिचालन गरेर खोजी कार्य तीव्र बनाउने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क