इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीको इटहरीमा सबैभन्दा धेरै बजेट, दोस्रो धरानमा (कुन पालिकामा कति बजेट हेर्नुहोस् )

सुनसरी : बजेट घोषणामा संघीय सरकारले सुनसरीका १२ पालिकालाई आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा ५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारको आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लाका स्थानीय तहहरूलाई उक्त रकम विनियोजन गरिएको हो । विनियोजित रकममध्ये चालूतर्फ ५ अर्ब २५ करोड ७१ लाख र पुँजीगततर्फ ७४ करोड ७२ लाख रुपैया विनियोजन गरिएको छ । सुनसरीका दुई उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिकामध्ये सबैभन्दा धेरै इटहरी उपमहानगरले चालूतर्फ ७३ करोड ९७ लाख र पुँजीगततर्फ ३४ करोड ५२ लाख गरी १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ पाएको छ । धरान उपमहानगरले चालूतर्फ ७७ करोड ७६ लाख र पुँजीगततर्फ १२ करोड २६ लाख गरी जम्मा ९० करोड २ लाख पाएको छ । यस्तै, नगरपालिकातर्फ सबैभन्दा बढी बराहक्षेत्रमा ६३ करोड ८० करोड ७० लाख बजेट छ । जसको चालू खर्च ६० करोड १६ लाख र पुजीँगत खर्च ३ करोड ५४ लाख रहेको छ । इनरुवा नगरपालिकाले चालूतर्फ ४६ करोड ७५ लाख र पुँजीगततर्फ ३ करोड ९ लाख गरी जम्मा ४९ करोड ८४ लाख, दुहबी नगरपालिकाको चालूतर्फ ४० करोड ९१ लाख र पुँजीगत तर्फ २ करोड ६४ लाख गरी ४३ करोड ५५ लाख बजेट छ । यस्तै, रामधुनी नगरपालिकाले चालूतर्फ ३९ करोड ९ लाख र पुँजीगततर्फ ४ करोड ३ लाख गरी जम्मा ४३ करोड १२ लाख पाएको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै पाउने हरिनगर गाउँपालिकाले चालूतर्फ ३६ करोड ६ लाख, पुँजीगततर्फ १ करोड ४६ लाख गरी जम्मा ३७ करोड ५२ लाख, कोसी गाउँपालिकाको चालूतर्फ ३२ करोड ८९ लाख र पुँजीगततर्फ ३ करोड २९ लाख गरी जम्मा ३६ करोड १८ लाख पाएको छ । यस्तै, देवागन्ज गाउँपालिकाले चालूतर्फ ३१ करोड ९० लाख पुँजीगततर्फ २ करोड ६९ लाख गरी ३४ करोड ५९ लाख, भोक्राहा नरसिँह गाउँपालिकाको चालूतर्फ २९ करोड ६ लाख पुँजीगततर्फ ३ करोड १५ लाख गरी ३२ करोड २१ लाख पाएको छ । बर्जु गाउँपालिकाले चालूतर्फ २९ करोड ५ लाख र पुँजीगततर्फ २ करोड ९ लाख र गढी गाउँपालिकाको चालूतर्फ २८ करोड ११ लाख पुँजीगततर्फ १ करोड ५१ लाख गरी जम्मा २९ करोड ६२ लाख रुपैयाँ बजेट पाएको छ ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते