इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीको देवानगन्जमा गोली चल्यो, १ जना गम्भीर घाइते

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ स्थित यादव टोल नजिक सोमबार साँझ एक गोली हानाहान भएको छ। स्थानीय अनुसार घटना रा.सी जाने बाटोमा घटेको हो। गोली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ।

घटनामा देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा करिब २४ वर्षीय रविन्द्र यादव, शिवु मेहता, र विनोद यादवका १८ वर्षीय छोरा पिन्टु यादव घाइते भएका हुन्। पेटमा गोली लागेका शिवु मेहताको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ।

प्रहरी अनुसन्धानका अनुसार गोली प्रहार गर्ने व्यक्तिहरूमा कामेश्वर यादव, उनका छोरा जयकृष्ण यादव, र भारतीय नागरिक राजा पासवान रहेको घाइतेले बताएको छ ।

हालसम्म घटनाको कारण स्पष्ट नभए पनि पुरानो रिसइबीका कारण योजनाबद्ध रुपमा आक्रमण भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क