इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीको सीमा नाका ७२ घण्टाका लागि बन्द

सुनसरी | सुनसरीका सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । भारत बिहार राज्यको सुपौल जिल्लास्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको हो । नेपाली अधिकारीलाई यसअघि भएको बैठकमा भारतीय पक्षको आग्रहमा नेपाली सीमानाका बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारीगरी आइतबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि सीमानाका बन्द गरेको जनाएको छ । सुनसरी जिल्लासँग जोडिएका सीमानाका कोशी गाउँपालिकाको कोशी ब्यारेज, भण्टाबारी, लाही, कुम्याही, लौकही, श्रीपुर, हरिनगर गाउँपालिकाको घुस्की, वसन्तपुर, भोक्राहा नरसिंहको उल्टी, नरसिंह, देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज, साहेबगञ्जलगायत नाका बन्द गरिएको हो । भारतमा वैशाख २५ गते लोकसभा निर्वाचन हुने भएकाले बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवत–जावत निषेध गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनाएका छन्नु । आइतबार साँझ ६ बजे बन्द भएका ती नाकाहरू वैशाख २५ गते राति १२ बजेपछि मात्र खुल्नेछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क