इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी क्षेत्र नं. २ मा रेवतीरमण र द्वारिकलालसँग दिपेन्द्र घिमिरे भिड्दै

सुनसरी / सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवारी इटहरीका दिपेन्द्र घिमिरे चुनावी मैदानमा छन् । उनको चुनाव चिन्ह रिक्सा रहेको छ । उनी एमालेका उम्मेदवार रेवतीरमण भण्डारी, गठबन्धनबाट माओवादीका द्वारिकलाल चौधरी र तरहराका स्वतन्त्र उम्मेदवारी सन्तोष रेग्मीसँग चुनावमा भीड्दैछन् । नेपाली काँग्रेस इटहरी वडा नम्बर २ का वडा सभापती रहेका घिमिरेले पार्टी निर्णयसँग विद्रोह गरेर उम्मेदवारी दिएसँगै उनलाई पार्टीले कारवाही गरेर निलम्बन गरेसँग सुनसरी क्षेत्र नम्बर २ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएर आसन्न मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा भिड्दैछन् । इटहरीलाई प्रदेशको राजधानी बनाउन र एकै निर्वाचन क्षेत्र बनाउन पहल गर्ने लगायतका संकल्प लिएर निर्वाचनमा सक्रिय बनेका घिमिरेले प्रत्येक वडामा खुला व्यायमशाला र खेलमैदान, भ्रष्टाचार नियन्त्रणका लागि संयन्त्र निर्माण, नगर बस सञ्चालनको लागि पहल गर्ने, सुकुम्बासी व्यवस्थापन, कृषि विकासलगायतका विभिन्न संकल्प उनले सार्वजनिक गरेका छन् । काँग्रेस कार्यकर्ताहरुको भावना विपरीत पार्टीले तालमेल गरेर माओवादी नेता पुर्वमेयर द्वारिकलाल चौधरीलाई उम्मेदवार बनाएपछि आफूले उम्मेदवारी दिएको उनी बताउँछन् । ‘चौधरी पहिल्यै परिक्षण भइसकेका र विवादित व्यक्ति हुन्,’ नेपाललाई नयाँ नेतृत्वको आवश्यकता रहेको बताउँदै उनी भन्छन्, ‘नयाँ र युवा उम्मेदवार आवश्यक पर्छ भनेर पनि मेरो उम्मेदवारी उनले बताए । घिमिरेले कोभिड १९ को महामारीमा कोभिडविरुद्ध लड्न इटरीवासीलाई स्वास्थ्यमा सहयोग गरेका थिए । त्यसबाहेक नेपाली काँग्रेसमा रही लामो समयदेखि विभिन्न सामाजिक अभियानमा उनी सहभागि थिए । काँग्रेस कार्यकर्ता र अन्य आम नगरवासीहरुको भोट पाउनेमा उनी आशावादी छन् । अन्य पार्टीका उम्मेदवारलाई भोट दिन नचाहने काँग्रेस मतदाताहरुबाट आफूले मत पाउने उनी बताउँछन् । गाउँ गाउँमा स्वतन्त्र र सक्षम युवाहरुको पक्षमा जनलहर भएको बताउँदै आफूलाई सबै खाले नगरवासीहरुले भोट दिएर जिताउने उनले बताएका छन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता