इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुन्दरहरैँचामा दुई बालिका मृत भेटिए, बिषको बोत्तल भेटियो

इटहरी | मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र हिजो दिउँसो ४:३० बजेतिर नाबालिकाहरु मृत अवस्थामा भेटिएको हो ।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार धनकुटा पाख्रिबास नगरपालिका – ४ डिकुरे घर भई सुन्दरहरैचा नगरपालिका -७ मालति टोल बस्ने दिदी सिता रेग्मीको घरमा बस्ने ३१ बर्षको अर्जुन कार्कीको श्रीमती २९ बर्षीय अस्मिता पौडेलले श्रीमानसँग समान्य बिबाद १ र ३ बर्षीय छोरी लिएर हिडेको बताए। उनीहरु शनिबार १६:३० बजेको समयमा सुन्दरहरैचा ७ स्थित नारायण न्यौपानेको केरा बगानमा मृत भेटिएको उनले बताए।

दुई वटा बच्चा मृत अबस्थामा फेला परेको भन्ने खबर पाउने बित्तिकै प्रहरी चौकी गछियाबाट खटिएको टोलीले घटना स्थल सुरक्षित राखेर अनुसन्धान थालेको उनले बताए। उक्त महिला अस्मिता पौडेल तत्काल फेला नपरेकोले निजको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

घटना स्थलमा सफाया – ५ नामको बिषको बोत्तल पनि भेटिएकाले आमाले नै बिष ख्वाएर मारेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनास्थलमा एसपी कार्की आफै खटिएका छन् भने इलाका प्रहरी बेलबारीबाट प्रनानिको कमाण्डमा प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क