इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुन्दरहरैंचाको नयाँ वृन्दावन गौशालामा एक करोडमा गाईको विशाल प्रतिमा स्थापित

सुनसरी : इटहरी बुढी खोला किनार मोरङको सुन्दरहरैंचामा रहेको नयाँ वृन्दावन गौशालामा गाईको विशाल प्रतिमा स्थापित गरिएको छ । फाइबरको कच्चा सामाग्री प्रयोग गरेर निर्माण गरिएको गाईको ३५ फिट अग्लो प्रतिमालाई एक तलाको भवनमाथि स्थापित गरिएको छ । सो प्रतिमालाई विश्वकै अग्लो गाईको प्रतिमा भनिएको छ । गाईको विशाल प्रतिमाले यस क्षेत्रमा धार्मिक तथा साँस्कृतिक पर्यटन विकास गर्ने अपेक्षा गरिएका साथ स्थापना गरिएको छ । सुन्दरहरैंचा नगरपालिकाको विशेष सहयोग रहेको गाईको प्रतिमा निर्माण गरिएको छ । गाईको प्रतिमा र त्यसभन्दा तलको १२ कोठे एकतले भवन निर्माणको लागि नगरले झण्डै एक करोड रुपैया बजेट विनियोजन गरेको नयाँ वृन्दावन गौशालाको व्यवस्थापन गरिरहेको राधेश्याम सेवा ट्रस्टका संरक्षक दीनबन्धु शास्त्रीले बताए । ‘नयाँ वृन्दावन गौशाला बनिसकेपछि यस क्षेत्रमा आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको विकास भएको थियो भने यो गाईका कारण सुन्दरहरैंचा र इटहरी क्षेत्रकै पर्यटकीय र धार्मिक क्षेत्रको विकास हुने विश्वास गरिएको छ । बुढी खोला किनारमा सुनसरीको इटहरी उपमहानगरपालिकासँगै टाँसिएको उक्त नयाँ वृन्दावन गौशालामा यसअघि नै प्रदेशकै सबैभन्दा ठूलो राधाकृष्ण मन्दिर निर्माण गरिएको छ । विभिन्न गोत्रहरुका ऋषिको नेपालकै पहिलो खुला संग्रहालय रहेको उक्त स्थानमा विभिन्न देवीदेवताका मन्दिरहरु, गौशाला, वाटर फाउन्टेन, गुरुकुल निर्माण भइसकेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क