इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुर्केतमा चितुवाको छालासहित चार जना पक्राउ

सुनसरी : सुर्खेत जिल्लामा बराहताल गाउँपालिका-५ बड्डीचौरबाट चितुवाको तीन वटा छालासहित चार जना पक्राउ परेका छन् । सुर्खेत प्रहरी कार्यलयका अनुसार पन्ञदेवल नगरपालिका-८ अछामका ३५ वर्षीय कमल शाही र २२ वर्षीय चक्रबहादुर शाही रहेका छन् भने रामारोशन गाउँपालिका-४ अछामका २१ वर्षीय ओपेन्द्व शाह र दैलेखको चामुण्डाविन्द्वासैनि नगरपालिका-२ दैलेखका ३५ वर्षीय विमल शाही पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यलय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यलयको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिएका छन् । विशेष सुचनाको आधारमा सुर्खेतको पश्चिम पच्ञपुरी नगरपालिकास्थित बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ मा शङ्कास्पदरूपमा बसिरहेका अवस्थामा चारै जनालाई खानतलास गर्दा जेब्राको झोलामा प्लास्टिकको बोराभित्र राखेको चितुवाको छाला भेटिएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क