इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुर्खेत दुर्घटना: होसमा आएपछि घाइते आफैंले गरेका थिए खबर

काठमाडौं । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११, झुप्राखोला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रत्न राजमार्गमा गुडिरहेको बेला जिल अनियन्त्रित भएर करिब ८० मिटर तल खसेर सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेको सुर्खेत प्रहरीले जनाएको छ । छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नम्बरको जीप झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको प्रहरीको भनाइ छ । जिप खसेपछि उनीहरू गम्भीर घाइते भएका थिए । तत्कालै कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि लगिए पनि बाँच्न सकेनन्। दुर्घटनामा दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही पनि दुर्घटनामा घाइते भएका छन् । दुर्घटना कति बजे भएको हो जानकारी नभएको तर राति साढे २ बजे दुर्घटनाका घाइते होसमा आएर खबर गरेपछि घटनाबारे थाहा भएको रिजालले जानकारी दिए । दैलेख भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क