इन्फो नेपाल — सञ्चारको सञ्जाल

सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै, २४ कम्पनीले आइपिओ निष्कासन गर्दै

सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्। सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्का छन्। त्यस्तै, ६ लघुवित्त, २ बिमा र २ अन्य कम्पनी पनि आइपिओ निष्कासनको तयारीमा छन्। यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्। पाइपलानमा रहेका ती कम्पनीले बोर्डबाट अनुमति पाउनेबित्तिकै आइपिओ निष्कासन गर्नेछन्। बोर्डले स्वीकृति दिएको दुई महिनाभित्र आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ। आइपिओ निष्कासनको पाइपलाइनमा रहेको सयपत्री हाइड्रोपावरले नौ करोड रूपैयाँको नौ लाख कित्ता प्राथमिक सेयर जारी गर्न खोजेको छ। त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्न बिक्री प्रबन्धक समेत छनोट गरिसकेको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले उक्त कम्पनीले ३५ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ लाख ३१ हजार दुई सय ५० कित्ता आइपिओ जारी गर्ने तयारी गरेको छ। यसले १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको आइपिओ जारी गर्दैछ। राप्ती हाइड्रोपावरले २९ लाख ४१ हजार चार सय १० कित्ता आइपिओ जारी गरेर २९ करोड ४१ लाख ४१ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। पाइपलाइनमा रहेको स्वेतगंगा हाइड्रोपावरले ४७ लाख ७९ हजार कित्ता आइपिओ जारी गर्न खोजेको छ। सेयर बिक्रीबाट उक्त कम्पनीले ४७ करोड ७९ लाख रूपैयाँ जुटाउँदैछ। मन्दाकिनी हहाइड्रोपावरले १७ लाख ६४ हजार एक सय १० कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ। प्रतिकित्ता एक सय रूपैयाँका दरले आइपिओ बिक्री गरेर मन्दाकिनीले १७ करोड ६४ लाख ११ हजार रूपैयाँ सर्वसाधारणसँग उठाउँदैछ। त्यस्तै, अपर सोलु हाइड्रोपावरले ३३ लाख ७ हजार पाँच सय कित्ता आइपिओ जारी गर्न निवेदन दिएको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ३३ करोड सात लाख ५० हजार रूपैयाँ बराबरको सेयर जारी गर्दैछ। अपर हेवाखोला हाइड्रोपावरले २० लाख कित्ता सेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेको छ। यसले २० करोड रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। आइपिओ जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको रिभर फल्स पावरले ३४ लाख ३० हजार कित्ता सेयर सय रूपैयाँ प्रतिकित्ताका दरले बिक्री गरेर ३४ करोड ३० लाख रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टको २५ लाख कित्ता आइपिओ निष्कासन गर्दैछ। प्रतिकित्ता एक सय रूपैयाँ दरले यसले आइपिओ बिक्री गरेर उक्त कम्पनीले २५ करोड रूपैयाँ सर्वसाधारणसँग उठाउँदैछ। हिमालयन हाइड्रोपावरले पनि २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार नौ सय ४० कित्ता आइपिओ निष्कासनका लागि निवेदन दिएको छ। उसले एक रूपैयाँ प्रतिकित्ताका दरले आइपिओ बिक्री गरेर ३६ करोड ५५ लाख ९४ हजार रूपैयाँ जुटाउन खोजेको छ। ग्रिन भेन्चरले ६२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ। यसले ६२ करोड ५० लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।दोर्दी खोला जलविद्युत्ले २९ लाख ५१ हजार नौ सय २९ कित्ता आइपिओ निष्कासनको तयारी थालेको छ। त्यस्तै, दुई बिमा कम्पनीहरूमा आइएमई लाइफ र रिलायबल लाइफले आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएका छन्। यी दुवै कम्पनीले ६०–६० लाख कित्ता आइपिओ जारी गर्दैछन्। रिलायबलले एक अर्ब २७ करोड २० लाख रूपैयाँ बराबरको सेयर जारी गर्न अनुमति मागेको छ। रिलायबलले प्रिमियमको एक सय १२ रूपैयाँसहित प्रतिकित्ता दुई सय १२ रूपैयाँका दरले आइपिओ जारी गर्न स्वीकृति मागेको हो। आइएमई लाइफले भने अंकित मूल्यमै (एक सय रूपैयाँ) आइपिओ जारी गर्ने गरी ६० करोड बराबरको ६० लाख कित्ता सेयर जारी गर्न बोर्डमा निवेदन दिएको छ। उता आइपिओ निष्कासनका लागि ६ लघुवित्त कम्पनीले आवदेन दिएका छन्। सिवाइसी नेपाल लघुवित्तले तीन लाख ९५ हजार तीन सय ३६, आदर्श लघुवित्त वित्तीय संस्थाले ६० हजार, जाल्पा सामुदायिकले पाँच लाख २२ हजार, उपकार लघुवित्तले दुई लाख ६६ हजार र राष्ट्र उत्थान लघुवित्तले आठ लाख ५० हजार कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन गरेका छन्। त्यस्तै नेस्डो समृद्ध लघुवित्तले आठ लाख २८ हजार सात सय ५० कित्ता आइपिओ जारी गर्न खोजेको छ। आइपिओ जारी गर्न खोजेका अन्य कम्पनीमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क छन्। इमर्जिङ नेपालले पाँच लाख ५५ हजार ६ सय र डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार नौ सय २९ कित्ता आइपिओ जारी गर्न खोजेका छन्।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क