इन्फो नेपाल — सञ्चारको सञ्जाल

सेलिब्रेटी कम्युनिस्ट सांसदको घाँटीमा एककिलो सुन

काठमाडौं - एमालेकी समानुपातिक सांसद गंगा चौधरी सत्गवाँले सुनका गहना लगाएको तस्वीर सामाजिक सञ्जालमा राखेकी छिन् । राष्ट्रियताको विषयमा जाबरजस्त आवाज उठाएकै कारण चर्चामा आएकी सांसद चौधरीले बिहीबार सामाजिक सञ्जालमा सुनका गहना लगाएको तस्वीर राखेर सबैलाई चकित तुल्याइदिएकी छिन् । सांसद चौधरीले सुनका आफ्ना गहनाहरू प्रदर्शन गरेको भनेर आलोचना पनि भएको छ । कम्युनिस्ट भनेका गरिव जनताका नेता हुन् भन्ने भ्रम छ ।तर, कम्युनिस्ट नेतृ चौधरीले कम्युनिस्ट भनेका गरिव मात्र हुँदैनन् पाएपछि सुनका गहना एककिलोसम्म पनि लगाउँछन् भन्ने उदाहरण दिएकी छिन् । उनको घाँटी र कानमा एककिलो सुनको गहना नभए पनि कम्युनिस्ट नेताले लगाएको गहना जति नै भए पनि किलो सरह रहेको भने टिकाटिप्पणी भएका छन् । उनकालाई सुनका गहना कि पतिले दिएको हुनुपर्छ । कि त आफ्नो सांसद पदको तलव भत्ताबाट आएको हुनुपर्छ । तर, सुनका गहना यसरी लगाएको तस्वीर राखेपछि उनीमाथि पनि प्रश्न उठेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क