इन्फो नेपाल — सञ्चारको सञ्जाल

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा

काठमाडौं | देशको सुरक्षा र शान्तिका निम्ति सदैव सजग रहने नेपाली सेनाले आफ्ना सैनिकहरूको कल्याणकारी कार्यलाई पनि उच्च प्राथमिकता दिएको छ। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा हालसम्म ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ भने यो रकम निरन्तर बढ्दै गइरहेको छ। विसं २०८० पुस मसान्तसम्म यस कोषमा ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ जम्मा भइसकेको प्रधान सेनापति प्रभुराम शर्माले बताउनुभएको छ। करिब १० लाख हिताधिकारीबाट रकम सङ्कलन गरी यो कोषमा जम्मा गरिएको हो। गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म यस कोषमा ७१ अर्ब ५ करोड ६१ लाख मात्र रहेकोमा पछिल्लो समयमा यति ठूलो रकम थपिएको हो। सैनिक कल्याणकारी कार्यहरू यसै कोषबाटको ब्याजबाट सञ्चालन हुँदै आएको छ। हरेक वर्ष यसै कोषको ब्याजबाट करिब ६ देखि ८ अर्ब रुपैयाँसम्म खर्च हुने गरेको प्रधानसेनापतिले बताए । एकैपटक यति ठूलो रकम उपलब्ध गराउन गाह्रो भएकाले यसलाई दिगो बनाउन आयआर्जनका नयाँ क्षेत्रहरू खोज्नुपर्ने देखिएको छ। यससम्बन्धी सरकारका सम्बन्धित निकायहरूसँग पनि छलफल भइरहेको बताइएको छ। भूतपूर्व सैनिकको हितका लागि सेनाले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। बहालवाला र अवकाशप्राप्त सैनिकहरूबिच आपसी सम्बन्ध र अपनत्वको भावना बलियो बनाउन यस्ता कार्यक्रमहरूको आयोजना गरिने गरिएको छ। 'भूपूर्व सैनिक सम्मेलनको अभिलाषा - सेनाप्रतिको समर्पण र भरोसा' भन्ने मूल नाराका साथ आयोजित हालैको एक सम्मेलनमा विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिकहरूको सहभागिता थियो। साथै एकै परिवारबाट चार जनाभन्दा बढी सन्तानले सेनामा सेवा गरेका आमा-बुबालाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा नेपाली सेनाको सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएका थिए।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते