इन्फो नेपाल — सञ्चारको सञ्जाल

सोलुखुम्बुको नेले बजारमा आगलागी हुँदा ४ करोड ७२ लाखको क्षति

सुनसरी / सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- १ नेले बजारमा हिजो बेलुका भएको आगलागीमा ४ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । हिजो मंगलबार बेलुका स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भइ सुरु भएको आगलागीले पाँच घरमा क्षेति पुगेको हो । बहादुर कार्कीको घरसहित भित्र रहेको होटल जल्दा ८० लाख बराबरको , रमेश बस्नेतको घरसहित किराना पसल, मोबाइल पसल पूर्ण रुपमा जल्दा एक करोड ५० लाख रुपैयाँ बराबरको, गणेश बस्नेतको घरसहित भित्र रहेको मोबाइल पसल जलेर नस्ट हुँदा १ करोड बराबरको र कल्पना बस्नेतको घरसहित भित्र रहेको फेन्सी पसल र मोबाईल पसल जल्दा १ करोड ४० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोलुदधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी,स्थानीयबासिन्दा लगायतको सहयोगमाआगो निभाइएको थियो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क