इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्कुल बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु, सहचालकले चलाएका थिए बस

मोरङ । मोरङमा सहचालकले चलाएको स्कुल बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको खुलेको छ । रंगेली नगरपालिका–७ स्थित माउण्टेन मकालु बोर्डिङ स्कुलका सहचालक विजयी माझीले चलाएको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । गत मंगलवार को १ क ११३० नम्बरको बसले सोही स्कुलमा अध्ययनरत दुई बालबालिकालाई दिउँसो ४ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा रंगेली–५ का महादेव मण्डलका छोरा अन्दाजी ४ वर्षीय रितिक मण्डलको मंगलवार नै मृत्यु भएको थियो ।दुर्घटनापछि गम्भीर घाइते भएका रितिकलाई उपचारका लागि स्थानीय टाइम्स अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए । बसको ठक्करबाट एलकेजीमा पढ्ने रंगेली–६ का नरेश मण्डलकी छोरी अन्दाजी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्कुल छुट्टि भएपछि पैदल नै घरतिर जानका लागि सुनमकुमारी र रितिक विद्यालय गेटमा आइपुगेका थिए । गेटमै गाडीले उनीहरूलाई ठक्कर दिएको रंगेली प्रहरीले जनाएको छ । चालक राजकुमार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए । चालकले सहचालक माझीले गाडी चलाएका बेला दुर्घटना भएको प्रहरीमा बयान दिएका छन् । सहचालक माझी फरार छन् । उनको खोजी कार्य जारी रहेको रंगेली प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क