इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्मृति कप प्रदेश स्तरीय भलिवलको उपाधि भोजपुरको षडानन्दलाई

भोजपुर- चौथो प्रकाश थापा स्मृतिकप प्रदेश स्तरीय भलिवल प्रतियोगिताको उपाधि भोजपुरले जित्न सफल भएको छ । धनकुटाको सहिदभुमि गाउँपालिकामा शनिवार सकिएको प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका उपाधि हात पारेको हो । सहिदभूमिको वडा नम्बर एकमा जारी फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले झापाको दमक नगरपालिकालाई पराजित गर्दै बिजेता बनेको छ । फाइनल अन्तर्गतको खेलमा षडानन्दले दमकलाई २५–२२, २५–१५ र २५–२२ को सेटमा हराउँदै बिजेत बन्न सफल भएको छ । विजेता षडानन्द नगरपालिकाले उपाधीसँगै नगद एक लाख २१ हजार एक सय २१ रुपैयाँ हात पारेको छ भने उपविजेता दमक नगरपालिकाले ६५ हजार पाएको छ । कोशी प्रदेशका नौ पालिकाको सहभागिता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी षडानन्द नगरपालिकाका बालकुमार रायमाझी हुनु भएको छ भने उहाँले नगद १० हजार रुपैयाँ हात पारे । यस्तै उत्कृष्ट स्पाइकर षडानन्दकै कृष्ण रसाइली, उत्कृष्ट सरभर सभापोखरी गाउँपालिका संखुवासभाका प्रदीप कट्टेल र उत्कृष्ट सटर भोजपुरको षडानन्दका जयराम खत्री बनेका आयोजकले जनाएको छ । विजयी खेलाडीहरूलाई कोशी प्रदेश आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापा लगायतले पुरस्कार वितरण गरेका थिए । २०५७ सालमा तत्कालीन माओवादीसँगको कालिकोटमा भएको भिडन्तमा मृत्यु भएका प्रहरी नायब निरीक्षक प्रकाश थापाको सम्झनामा २०७६ सालबाट ट्रष्ट स्थापना गरी प्रतियोगिता हुँदै आएको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क