इन्फो नेपाल — सञ्चारको सञ्जाल

हजारौंकी आमा इन्दीरा उपसभामुख, यस्तो छ उनको गर्व गराउने इतिहास

काठमाडौँ — लामो समयदेखि समाजसेवा र बालबालिकाको क्षेत्रमा काम गरिरहेकी इन्दिरा राना मगरलाई प्रतिनिधिसभाले उपसभामुखको रुपमा पाएको छ । विगत ३ दशक देखि अभिभावकत्व गुमाएका हजारौँ बालबालिकाको अभिभावक बनेकी उनी अहिले देशकै अभिभावक बनेकी छन् । विसं २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगर सदनमा नयाँ अनुहार हुन् । भुईमान्छे देखि उठेर विभिन्न संर्घष गर्दै असाहाय बालबच्चाको साहारा बन्दै कैदी बन्दीका बच्चालाई आमाको माया र ममता दिएर हुर्काएकी उनी अहिले देशको उपल्लो पदमा पुगेकी छन् । एक हुँदै संस्था र संस्थाबाट देशको अभिभावक बन्ने अवसर उनलाई प्राप्त भएको छ । संसदीय राजनीति सुरु गरेको छोटो समयमा नै उपसभामुख जस्तो उच्च ओहोदामा पुगेकी मगरले समाज रुपान्तरणमा गरेको योगदान र अथक प्रयासबाट प्राप्त कर्मको फल भएको टिप्पणी भइरहेको छ । उपसभामुखको रास्वपाबाट सांसद सोविता गौतमको चर्चा यिो । र उनले रहर पनि गरेकी थिइन् । तर उनै सोविताले आफ्ना सहकर्मीलाई उपसभामुखका लागि प्रस्ताव गरिन् । विना कसुर कारागारको चौघेरामा थुनिएका थुप्रै बालबालिकाको ‘आमा’ हुन् उपसभामुख राना मगर । कैद भुक्तान गरिरहेका अभिभावकसँगै कारागार पुगेका र त्यहीं जन्मिएका ती थुप्रै लालावालालाई उच्चशिक्षा दिएर खुला संसार देखाइसकेकी छन् उनले । बीबीसीले प्रदान गर्ने ‘१०० विमन च्यालेञ्ज’ अन्तर्गत सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिला पुरस्कार विजेता बन्दी सहायता नेपालकी सस्थापक उनलाई उनले गरेको कामले नेपालमा मात्रै होइन, विश्वभर चिनाएको छ । विभिन्न आरोहअवरोहको सामना गर्दै यहाँसम्म आईपुगेकी उनले आफुले पाएको पदको सम्मान र गरिमा राख्दै स्वतन्त्र र निष्पक्ष भएर काम गर्ने प्रण गरेकी छन् । साना र कलिला बालबालिकाको अभिभावक बनेकी उनै ममतामयी ‘आमा’ अहिले देशकै अभिभावक बन्दा बन्दी सहायता नेपालमा खुशीयाली छाएको छ । उनकै छत्रछायाँमा हुकिएर काम गरेका विद्यर्थी, सारथी, सहयोगीहरु मगर उपसभामुख भएकोमा दंग छन् । एउटा सही व्यक्ति बालबालिका र जनताको आवाज भएर ठाउँमा पुगेकोमा उनीहरु उमंग छाएको छ । ‘आमा’ शब्द त्यसै जो कोही माथि निस्किदैन, तर हजारौंको आमा बनिसकेकी उपसभामुख राना मगरलाई समय र परिस्थितिले नयाँ यात्रामा डोहार्याएको छ । ठाउँ र कार्य क्षेत्र उनका लागि विल्कुलै नयाँ हो । तर उनले विगतमा गरेका काम र संर्घषले आगामी आउने चुनौतीलाई पनि सहजै सामना गर्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क