इन्फो नेपाल — सञ्चारको सञ्जाल

हरेक बिहान खाली पेटमा दही खानुका अचम्मका फाइदा, हट्छ पेटसम्बन्धी समस्या

काठमाडौं: दहीको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर हरेक बिहान खाली पेटमा दही खाँदा स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दहीमा धेरै पोषक तत्वहरू पाइन्छ, जसले स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । यसमा भिटामिन सी र क्याल्सियम पनि प्रशस्त हुन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ । त्यसैले बिहान खाली पेटमा दही खाँदा आन्द्रामा राम्रो ब्याक्टेरियाको संख्या बढ्छ र पाचन प्रक्रियालाई गति दिन्छ । जसका कारण यी ब्याक्टेरियाले आन्द्रामा जमेको फोहोर छिट्टै सफा गर्छ र त्यो फोहोर दिसाको रुपमा बाहिर निस्कन्छ । बिहान खाली पेटमा दही खाँदा के कस्ता फाइदा हुन्छन्, यसबारे जानकारी लिऔं १. पाचनका लागि दैनिक बिहान खाली पेटमा दही खानु पाचन क्रियाका लागि निकै फाइदाजनक मानिन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ, जसले पाचनलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै यसले पाचन सम्बन्धी समस्यालाई पनि हटाउँछ । दहीको सेवनले पेटलाई चिसो बनाउनुका साथै पेट सफा राख्छ । २. प्रतिरक्षा बलियो बनाउन लाभदायी हरेक दिन बिहान खाली पेटमा दहीको सेवन गर्नु रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै फाइदाजनक मानिन्छ किनभने दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ । यसका साथै दहीमा धेरै पौष्टिक गुणहरू पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन मद्दत गर्छ । साथै, यस्ता पौष्टिक तत्वहरुले शरीरलाई रोगहरूबाट बचाउन पनि मद्दत गर्छन्। ३. हड्डी बलियो बनाउन लाभदायी दैनिक बिहान खाली पेटमा दहीको सेवन गर्दा हड्डी निकै मजबुत हुन्छ किनभने दहीमा भिटामिन डी, क्याल्सियम, प्रोटिन जस्ता गुण पाइन्छ, जसले हड्डीलाई बलियो बनाउन सघाउ पुर्याउँछ । ४. तत्काल ग्लुकोज दिन्छ शरीरमा तुरुन्तै ग्लुकोज प्राप्त गर्नका लागि हरेक बिहान खाली पेटमा दहीको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । बिहान खाली पेटमा दही खाँदा शरीरलाई तुरुन्तै ग्लुकोज प्राप्त हुन्छ, जसले तपाईंलाई दिनभर सक्रिय रहन मद्दत गर्छ ।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता