इन्फो नेपाल — सञ्चारको सञ्जाल

हिन्दु धर्मगुरु श्रीनिवासाचार्य पक्राउ

सुनसरी: सुनसरी प्रहरीले हिन्दु धर्मगुरु श्रीनिवासाचार्यलाई पक्राउ गरेको छ । उनीमाथि केही सोधपुछ गर्नुपर्ने जनाउँदै प्रहरीले आज दिउँसो ४ बजे उनकै आश्रम सुनसरीको चतराधामबाट पक्राउ गरेको हो । धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई सोधपुक्ष गर्न नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । श्रीनिवासले केही दिनअगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । श्रीनिवासले नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्दै विभिन्न अभियान तथा गतिविधि गर्दै आएका छन् । उनी केही वर्षअगाडि आफैंलाई गोली हानेको आरोपमा विराटनगरबाट पक्राउ परेका थिए । २०७५ वैशाख २४ मा आफैंलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपमा श्रीनिवास पक्राउ परेका थिए । घटना उनकै योजनामा भएको पनि प्रहरीले खुलासा गरेको थियो । उनलाई उनकै सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीले गोली हानेका थिए । सो मुद्दामा जेल चलान भएका श्रीनिवास पछि धरौटीमा छुटेका थिए । उनलाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । आफैंमाथि गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । उक्त आदेशपछि उनले अदालतमा पुनरावेदन गरेका थिए । जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी सुनसरीको झुम्का कारागारबाट २० दिनमा रिहा भएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क