इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडाका मिलन देउतीभञ्ज्याङमा मृत फेला, प्रहरी अनुसन्धान जारी

हेटौँडा | हेटौँडा–१६, हटियाका ३८ वर्षीय मिलन दंगाल बागमती गाउँपालिका–८, देउतीभञ्ज्याङमा रहस्यमय अवस्थामा मृत फेला परेका छन्। बुधबार बिहान हेटौँडा–सिन्धुली सडकखण्ड अन्तर्गत देउतीभञ्ज्याङस्थित सडक छेउको नालीमा उनको शव भेटिएको हो।

स्थानीयका अनुसार मृतकको शरीरमा चोट लागेको देखिन्छ र शव फेला परेको स्थान नजिकै रगत लतपतिएको अवस्थामा थियो। घटनाबारे खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार  प्रारम्भिक अनुसन्धानका क्रममा मृतक दंगालसँगै रहेका दुई जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। स्थानीयले मंगलबार राति सोही क्षेत्रको एक होटलमा झगडा भएको जानकारी गराएका छन्।

हाल घटनाको कारणबारे स्पष्ट नखुलिएको भए पनि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइसकेको छ। शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाले दोषी ठहरिएमा कानूनी कारबाही अघि बढाइने प्रहरी प्रवक्ता अर्यालले बताएका छन्।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते