इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा 'एक घर, एक फलफूल' अभियान

हेटौँडा - मकवानपुरको हेटौँडामा 'एक घर, एक फलफूल' अभियान सुरु गरिएको छ । हेटौँडा-८ स्थित मनकामना टोल विकास संस्थाले वातावरण संरक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि अनौठो पहल थालेको छ। संस्थाले "एक घर, एक फलफूल" नामक कार्यक्रम अन्तर्गत गत सोमबार टोलभित्रका ३ सय घरलाई एक-एक वटा फलफूलको बिरुवा वितरण गरेको छ।

जुन ५ मा मनाइएको विश्व वातावरण दिवसको अवसरमा घोषणा गरिएको यो कार्यक्रम असार २४ गतेदेखि कार्यान्वयनमा ल्याइएको संस्थाकी कोषाध्यक्ष देवकी खत्रीले जानकारी दिइन्। कार्यक्रमको मुख्य उद्देश्य वायु प्रदूषण कम गर्नुका साथै स्थानीय स्तरमा स्वस्थ र विषादीरहित फलफूल उत्पादन गर्नु रहेको उनले बताइन्।

उनले भनिन्, "हामी बजारबाट किन्ने फलफूलमा प्रयोग हुने विषादीको मात्रा चिन्ताजनक छ। यदि हरेक घरमा फलफूलका बोटहरू रोपियो भने, हामी स्वस्थ र ताजा फलफूल खान पाउनेछौं। यसले बजारमा विषादीयुक्त फलफूलको मागलाई पनि कम गर्नेछ र वातावरणमा हुने प्रदूषणलाई पनि केही कम गर्न सकिन्छ।"

यस कार्यक्रमका लागि मकवानपुरगढी गाउँपालिका र धादिङ डिभिजन वन कार्यालयले ९० आँप, ८० लिची र २० एभोकाडो गरि १ सय ९० वटा कलमी बिरुवा सहयोग गरेका छन्। त्यसैगरी, मकवानपुर डिभिजन वन कार्यालयले सय आँप, ५० कागती गरि १ सय ५० वटा कलमी बिरुवा प्रदान गरेको कोषाध्यक्ष खत्रीले जानकारी दिइन्।

यो कार्यक्रमले स्थानीय स्तरमा वातावरण संरक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस्ता सामुदायिक पहलहरूले देशभर वातावरण संरक्षणको चेतना जगाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क