इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा जेठ ३ गते ग्रान्ड एजुकेसन कन्क्लेभ हुदैँ

हेटौँडा । राइट पाथ करियर काउन्सिलिङले आगामी जेठ ३ गते हेटौँडामा 'ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४' आयोजना गर्दैछ। कार्यक्रममा अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानडाका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्। नेपाली विद्यार्थीहरूले उक्त कार्यक्रममा विदेशका शिक्षण संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनेछन्। यसबाट उनीहरूले आफूलाई चासो रहेको विश्वविद्यालय र कोर्सबारे थप जानकारी लिन सक्नेछन्। राइट पाथ हेटौँडा प्रमुख मनिष अधिकारीका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्पर, विदेश अध्ययन आवेदन शुल्कमा शतप्रतिशत छुट र निःशुल्क मुभी टिकेटको व्यवस्था गरिएको छ। कार्यक्रममा अमेरिका लक्षित २५ हजार डलरसम्मको छात्रवृत्ति तथा आइएलटीएस परीक्षा २ हजार ८१ रुपयाँमा लिन पाउने सुविधासमेत उपलब्ध हुनेछ। विहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने कार्यक्रममा विदेशी विश्वविद्यालयहरूबाट कोर्स, शुल्क र छात्रवृत्तिबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क