इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा पिकअपको ठक्करबाट निर्वाचन प्रहरीको मृत्यु

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ कर्रा पुल नजिक पूर्व–पश्चिम सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइते भएका एक निर्वाचन प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार  फागुन १४ गते बिहान  रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च १५६५ नम्बरको यौद्धा पिकअपले ठक्कर दिँदा पशुपतिनगरमा कार्यरत निर्वाचन प्रहरी पवन साह घाइते भएका थिए।

रौतहटको फतुवा विजयपुर नगरपालिका–७ निवासी २४ वर्षीय साहलाई दुर्घटनापछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा फागुन १८ गते उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न पिकअप र चालक रौतहट चन्द्रपुर नगरपालिका–८ का २५ वर्षीय अर्जुन चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क