इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा फागुन २२ देखि भेट्रान्स कप फुटबल

हेटौँडा | दशौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुन २२ गतेदेखि २६ गतेसम्म हुप्राचौर खेलमैदानमा आयोजना हुने भएको छ।

आइतबार हेटौँडा भेट्रान्स क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश कुमार उप्रेतीले प्रतियोगिता ४५ वर्षमाथिका खेलाडीहरूका लागि हुने जानकारी गराएका छन्। उनले देशभरका १६ भेट्रान्स क्लबको सहभागिता रहने यस प्रतियोगिताले पूर्व खेलाडीहरूबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्य रहेको बताए ।

"स्वास्थ्यका लागि खेलकुद" नाराका साथ आयोजना हुने प्रतियोगिताले फुटबल खेलको प्रवर्द्धनसँगै मकवानपुरको पर्यटनलाई टेवा दिने अपेक्षा गरिएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । हेटौँडा उपमहानगरपालिका मुख्य सहयोगी रहनेछ भने स्थानीय पालिका, संघसंस्था, समाजसेवी र खेलप्रेमीहरूको पनि साथ रहेको अध्यक्ष कुमार उप्रेतीले बताए ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार ५५५ रुपैयाँ तथा उपविजेताले ७५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट कोच, फरवार्ड, गोलकिपर, डिफेन्स, मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिजलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। अघिल्लो नवौँ संस्करणको उपाधि बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लबले जितेको थियो।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते