इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा बैंकिङ क्षेत्रसँग व्यवसायीको छलफल, बैंकको व्यवहारप्रति व्यवसायीको गुनासो

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार हेटौँडामा बैंकिङ क्षेत्रका सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका क्षेत्रका व्यवसायी, विभिन्न बैंकका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य व्यवसायीहरूले भोगिरहेका बैंकसम्बन्धी समस्या, जटिलता तथा समाधानका उपायहरूबारे खुला संवाद गर्नु रहेको आयोजकले जानकारी गराएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले हालको मन्दीको अवस्थामा बैंकहरूले व्यवसायीप्रति लचिलो र समझदारीपूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रा व्यवसायीहरू भाग्ने होइनन्। दुई–चार किस्ता ढिलो हुनुलाई ठूलो समस्या नबनाई केही लचकता देखिनुपर्छ।“

अध्यक्ष रानाभाटले छोराले लिएको ऋणको कारण देखाएर घरमा पुगेर आमाबुबालाई मानसिक दबाब दिइने प्रवृत्तिप्रति आपत्ति जनाउँदै बैंकहरूलाई सामाजिक संवेदनशीलता देखाउन आग्रह गर्नुभयो। उहाँले थप भन्नुभयो, “अफिस समय बाहेक पनि राति–बिहान घरमा गएर दवाब दिने शैलीले समस्याको समाधान हुँदैन। बैंकको पनि आन्तरिक लक्ष्य हुन्छ, त्यसप्रति हाम्रो बुझाइ छ, तर सहकार्यबाट समाधान खोज्न हामी तयार छौँ।”

छलफलमा सहभागी केही व्यवसायीहरूले कर्जाको नवीकरणमा हुने ढिलाइ, उच्च ब्याजदर, अत्यधिक कागजी प्रक्रिया तथा सेवाग्राहीसँगको व्यवहारमा देखिने असहजता जस्ता समस्या औँल्याएका थिए। उनीहरूले बैंकप्रति सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै पारस्परिक विश्वास कायम राख्न आग्रह गरे।

बैंकका प्रतिनिधिहरूले व्यवसायीहरूको गुनासोप्रति चासो व्यक्त गर्दै नीतिगत र प्रक्रियागत सीमाभित्र रहेर सम्भव सुधारका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते