इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामै ढाका बुनाईमा प्रमाणीकरण सुरु

हेटौँडा | परम्परागत रूपमा पुस्तौँदेखि आत्मनिर्भर जीवनशैलीको माध्यम बन्दै आएका प्राय सीपहरू प्रमाणपत्रमा परिणत भएका थिएनन्। केही भएपनि राजधानी धाउनुपर्ने बाध्यता थियो ।

तर हाल मकवानपुरको जिल्ला लघु उद्यमी समूह संघ (डि-मेगा)को अगुवाइमा हेटौँडाबाट सीप प्रमाणीकरणको प्रक्रिया सुरु भएको छ।  सीप प्रमाणिकरणले श्रमलाई केवल औपचारिक बनाउने होइन, रोजगारीका नयाँ अवसरहरूतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

"देशभर हजारौंको हातमा सीप छ," डि-मेगाकी सचिव मेनका श्रेष्ठ भन्छिन्, "तर त्यस सीपको कुनै प्रमाण नहुँदा उनीहरू श्रम बजारमै ओझेलमा परिरहेका छन्।"

यही समस्याको समाधानस्वरूप, डि-मेगाले राष्ट्रिय सीप परीक्षण बोर्ड (NSTB) सँगको सहकार्यमा हेटौँडामै ढाका बुनाइ सीपमा प्रमाणीकरण प्रक्रिया सुरु भएको छ ।

"पहिलेसम्म प्रमाणिकरणका लागि भक्तपुर जानुपर्ने बाध्यता थियो," श्रेष्ठ बताउँछिन्, "अब हेटौंडामै परीक्षण सम्भव भएको छ, जसले महिलाहरूको आत्मबल मात्र बढाउँदैन, भविष्यका अवसर पनि सिर्जना गर्छ।"

डि-मेगा २०७२ सालदेखि स्वरोजगारमा आधारित महिलाहरूलाई सशक्त बनाउन क्रियाशील छ। तर अब संस्था 'सहजीकरणकर्ता' मात्र होइन, 'नेतृत्वकर्ता'को रूपमा पनि सीप प्रमाणीकरणलाई अगाडि बढाइरहेको छ।

ढाकासँगै सिलाई लेवल ३, बाँस/बेतको काम, हाते बुनाई जस्ता अन्य परम्परागत सीपहरूको सिप सेन्टर ल्याउने पहल भैरहेको  उनले जानकारी दिइन्।

"विगतमा यस्ता सीपहरूलाई घरेलु कामको रूपमा मात्र हेरिन्थ्यो," श्रेष्ठ भन्छिन्, "तर अब यिनै सीप प्रमाणित भएर अन्तर्राष्ट्रिय श्रम बजारतर्फ जाने ‘गोल्डेन पासपोर्ट’ बन्ने सम्भावना देखिएको छ।"

मलेशिया, कोरिया, युएई जस्ता मुलुकहरूमा प्रमाणित श्रमिकहरूको माग उच्च रहेको र सीप प्रमाणीकरणले वैदेशिक रोजगारीमा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।

हेटौँडा उपमहानगरपालिकाले राष्ट्रिय सिप परिक्षण समितिसँग सहकार्य गर्दै जिल्लामै पहिलो पटक ढाका कपडा बुनाईको सिप परिक्षण सञ्चालन गर्ने सूचना सार्वजनिक समेत गरिसकेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क