इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडाले आगामी वर्षको लागि २ अर्ब ९० करोडको बजेट प्रस्ताव गर्दै स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। उपमेयर राजेश बानियाँले मंगलबार नगरसभा बैठकमा प्रस्तुत गरेको यो बजेट चालु वर्षभन्दा १९% ले बढी हो, जसअनुसार उपमहानगरले आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार अनुदान, सङ्घीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँको व्यवस्था गर्ने योजना छ।

स्वास्थ्य क्षेत्रमा हेटौँडा अस्पतालमा बाल गहन चिकित्सा एकाइ (एनआईसीयू/पीआईसीयू) सञ्चालनका लागि २ करोड रुपैयाँ छुट्याइएको छ भने निःशुल्क स्वास्थ्य बिमा, डाइलायसिस सेवा, रक्तदान कार्यक्रमलगायत जनस्वास्थ्य पहलका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। शिक्षामा भुटनदेवी माध्यमिक विद्यालयमा "मेघा विद्यालय" पूर्वाधार परियोजनाका लागि ५० लाख रुपैयाँ राखिएको छ।

यातायात पूर्वाधारमा निर्माणाधीन एकीकृत बसपार्क र टर्मिनल भवन सञ्चालनका लागि ४ करोड रुपैयाँ प्रस्ताव गरिएको छ। साथै हेटौँडा–११ मा अटोभिलेज पूर्वाधार, हेटौँडा–१४ मा वाटर फन पार्क र हेटौँडा–१० मा गङ्गा आरती स्थल निर्माणलाई बजेटमा स्थान दिइएको छ।

खेलकुद विकासमा अन्तर्राष्ट्रिय महिला फुटबल, सहिद स्मृति गोल्डकप, मेयर कप (फुटबल, रनिङ्ग, भलिबल) जस्ता प्रतियोगिता तथा खेल मैदान उन्नयनका लागि २ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ। सामाजिक क्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समावेशी कार्यक्रमका लागि १ करोड ३३ लाख ३५ हजार रुपैयाँ र सामाजिक विकास योजनाका लागि १६ करोड ८३ लाख ५५ हजार विनियोजन गरिएको छ।

वातावरण संरक्षण अन्तर्गत हरियाली, फोहोर मैला व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण र वन संरक्षणका लागि ३ करोड १५ लाख ५० हजार रुपैयाँ र वातावरण कोषका लागि ६ करोड २० लाख ५० हजार प्रस्ताव गरिएको छ। आर्थिक उद्यमिता अन्तर्गत काष्ठकला, मकैको खोस्टा उपयोग, कपाल कटाई जस्ता स्वरोजगार तालिमका लागि ९८ लाख ३६ हजार रुपैयाँ छुट्याइएको छ।

प्रशासनिक व्यवस्थामा कार्य सञ्चालन र प्रशासनका लागि ५९ करोड ६५ लाख ९० हजार, सुशासन र संस्थागत विकासका लागि ३ करोड ८ लाख र न्यायिक समिति सञ्चालनका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। संस्कृति प्रवर्द्धनका लागि १ करोड २० लाख रुपैयाँको व्यवस्था गरिएको छ।

यस बजेटले हेटौँडामा स्वास्थ्य सेवा विस्तार (विशेषगरी बाल गहन चिकित्सा), यातायात सुविधा (एकीकृत बसपार्क), खेलकुद अवसर तथा पर्यावरणीय सुरक्षालाई केन्द्रीय प्राथमिकता दिएको छ।   

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क