इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको राजमार्ग पहिरोले अवरुद्ध

हेटौँडा | लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दूरीको राजमार्ग अवरुद्ध भएको छ। हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित छेपारे भन्ने स्थानमा ठूलो पहिरो खस्दा बाटो पूर्णरूपमा अवरुद्ध भएको हो। पहिरोको आकार ठूलो भएकाले तत्काल बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ।

यसैगरी, इन्द्रसरोवर गाउँपालिका-१ सिमलाङ स्थित कुलेखानी-मार्खु सडक खण्डमा पनि अविरल वर्षाका कारण सडकमाथिबाट पहिरो आई बाटो पूर्णरूपमा अवरुद्ध भएको छ। यस घटनापछि सशस्त्र प्रहरी पोष्ट मार्खुबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा एक टोली घटनास्थलमा खटिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले भने, "हामीले स्थानीय तह र सडक डिभिजनसँग सहकार्य गरेर बाटो खुलाउने प्रयास गरिरहेका छौँ। कुलेखानी-मार्खु सडक खण्ड खोल्नका लागि सडक विभाग तथा स्थानीय जेसिबी चालकसँग समन्वय भइरहेको छ।"

प्रहरीले काठमाडौं आउजाउका लागि छोटो मार्ग प्रयोग गर्नेहरूलाई वैकल्पिक मार्गको सुझाव दिएको छ। यात्रुहरूलाई सतर्कता अपनाउन र मौसम सुधार नभएसम्म अत्यावश्यक यात्रा नगर्न सुझाव दिइएको छ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते