इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक बिनाडी काठमाडौँ तानिए

हेटौँडा - कर्मचारीको निरन्तर आन्दोलन पछि हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक भोजराज बिनाडी काठमाडौँ तानिएका छन् । कर्मचारीले २६ दिनदेखि हातमा कालो पट्टी बाँधेर शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए । उनीहरूले व्यवस्थापक बिनाडीको सरुवा गर्न माग गर्दै आन्दोलन गरिरहेका थिए । निरन्तर अडान लिँदै २६ दिन देखी चलिरहेको कर्मचारीहरूको आन्दोलन माग पुरा भए सँगै साम्य भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक बिनाडीलाई केन्द्रीय कार्यालयको सञ्चालन महाशाखा काठमाडौँमा उप-निर्देशकको पदमा सरुवा गरिएको छ । केन्द्रीय कार्यालयका निमित्त महाप्रबन्धक संजयालाल मानन्धरले बिनाडीलाई पत्र काट्दै उप-निर्देशक पदमा सरुवा गरिएको जनाएका छन् । पत्र अनुसार बिनाडी ७ दिनभित्र नयाँ कार्यालयमा हाजिर हुनुपर्नेछ । बिनाडी हेटौँडा औद्योगिक क्षेत्रका क्षेत्र व्यवस्थापकको जिम्मेवारीमा रहेको १७ महिला भएको थियो । निरन्तर विवाद पछि उनी केन्द्र तानिएका हुन् । कार्यालयका व्यवस्थापक भोजराज बिनाडीले कर्मचारीलाई बारम्बार अनुचित व्यवहार गरेको कर्मचारीले आरोप लगाउदै आएका थिए । व्यवस्थापनको विरोधमा चरणबद्ध आन्दोलन सुरु गरेका कर्मचारीले हातमा कालो पट्टी बाँधेर काम गरेका थिए । बारम्बार मानव अधिकारकै हनन् गर्ने क्रियाकलाप गरेको व्यवस्थापक बिनाडीमाथि कर्मचारीको आरोप रही आएको थियो । कर्मचारीलाई लोकतान्त्रिक मर्म विपरीत व्यवहार गर्ने, काम कारबाहीलाई गति दिन नसक्ने, मन्त्रीको पावर छ एक दुई जनाको जागिर खाइदिन्छु भनी धम्कीपूर्ण भाषा बोल्ने गरेकोले आफूहरू बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रन परेको उनीहरूले बताउँदै आएका थिए । व्यवस्थापक बिनाडीको सरुवाको पत्र आए सँगै कर्मचारीहरूले आन्दोलन फिर्ता लिएको बताउँदै केन्द्रीय कार्यालयको निर्णय प्रति खुसी छन् ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते